+
Account

Book Details

PARIVARTIT ANUHAR

Author : Reena subba
In Stock
₹300.00
Average Rating - Be the First to add Review
Buy Now
Add to Cart
Paperback

रीना सुब्बाको उपन्यास 'परिवर्तित अनुहार' ले पाएको अपार सफलताले यो बताउँछ कि शैली र कथावस्तु (अन्तर्वस्तु) - माझ समुचित सन्तुलन राखियो भने अनि समयको वास्तविक चित्रण गर्न सकियो भने पाठकले कृतिसँग सहभाव राख्न सक्ने हुन् । समाजमा व्याप्त व्यभिचारलाई बेस्सरी आलोचना गरिएको यो उपन्यास आफैमा समाजको मखुण्डो उतार्ने बलशाली प्रयोग हो।



लैङ्गिक विभेद नै केन्द्रीय विषय रहेको यो आख्यानमा समलैङ्गिक वा तेस्रो लिङ्गी मुद्दालाई प्रभावी ढङ्गमा अभिव्यक्त गरिएको छ । परम्पराबाहिर गएर अपवादलाई मान्यता दिन नसकिरहेको रुढ़िग्रस्त समाजमा समलैङ्गिक मानिसले भोग्नु परेको उपेक्षा, घृणा र पीड़ाको सजीव दस्तावेजीकरण हो 'परिवर्तित अनुहार' । नारी वर्गले भोग्नु परेको अत्याचार र शोषणका किस्साहरूलाई पनि समानान्तर रूपले आख्यानमा बुनिएको छ ।



भारतीय नेपाली साहित्यमा समलै‌ङ्गिक आख्यानको सम्भवतः पहिलो प्रयोग हो 'परिवर्तित अनुहार'। यस अर्थमा, नेपाली आख्यानको इतिहासमा 'परिवर्तित अनुहार' को विशेष स्थान रहने निश्चित छ।



राजा पुनियानी

ISBN: 978-81-984476-2-3
Language: Nepali
Dimension: 5 inch × 7.6 inch × 0.10 inch
Weight: 60 g
Pages: 164
★ Not yet Rated
+