| Paperback |
कृति: ‘डाक्टर फाउस्टस’ क्रिस्टोफर मार्लोका नाटकहरूमध्ये सबैभन्दा प्रसिद्ध छ। सोह्रौँ शताब्दीको प्रारम्भमा जर्मनी जादूमा कुख्यात व्यक्तिबारे लेखिएको जर्मन पुस्तकको अङ्ग्रेजी अनुवाद ‘द हिस्ट्री अफ द डम्नेबल लाइफ एन्ड डिजर्भ्ड डेथ अफ डक्टर जोन फस्टस’ (१५९२) हो। मार्लोले आफ्नो नाटकको कथानक यही पुस्तकमाथि आधारित गरेका हुन्। यो कृतिको सम्भवत: पहिलो नेपाली अनुवाद प्रस्तुत गर्न पाउँदा बुकएण्ट गौरव महसुस गर्दछ। अनुवादक: १९५९-मा असमको डिगबोइमा जन्मिएका लेखक-गीतकार-अनुवादक जीत सोनार डिगबोइ कलेजबाट स्नातक हुन्। यिनको ‘कस्तुरी मगृ’ (कथा-सङ्ग्रह/२००५); ‘एक मठी निंद’ (कथा-सङ्ग्रह/२०१०); ‘कता कता एकान्तमा’ (आधुनिक गीत-सङ्ग्रह/२०१७); ‘किस्ता-किस्ता जिन्दगी’ (कथा-सङ्ग्रह/२०२०) प्रकाशित छन्। यिनका अनुवाद कृतिहरू हुन् - ‘The Words Are Mine’ (भविलाल लामिछानेको काव्य-कृति ‘शब्द हुन् यी मेरा’-को अङ्ग्रेजी अनुवाद/२०००); ‘The Stride’ (भविलाल लामिछाने, खडकराज गिरी र जीतबहादुर सुनारका कथाहरूको अङ्ग्रेजी अनुवाद/२००८); ‘Saagarwaari Saagarpaari’ (भविलाल लामिछानेको काव्य-कृति ‘सागरवारि सागरपारि’-को अङ्ग्रेजी अनुवाद/२०११); ‘Samaya Asamaya’ (इन्द्र गिरीको काव्य-कृति ‘समय असमय’-को अङ्ग्रेजी अनुवाद/२०११); ‘Black Snake and the New Generation’ (खडकराज गिरीको कथा-सङ्ग्रह ‘कालो सर्प र नयाँ प्रजन्म’-को अङ्ग्रेजी अनुवाद/२०१३); ‘The Humming of Silence’ (विविध नेपाली कथाहरूको अङ्ग्रेजी अनुवाद/२०१९); ‘डिम्पी डोनट’ (अलिसा लामिछानेको अङ्ग्रेजी कथा Dimpy Doughnut-को नेपाली अनुवाद/२०२३); ‘डॉ. फाउस्टस’ (किस्टोफर मार्लोको अङ्ग्रेजी नाटक Dr.Faustus-को नेपाली अनुवाद/२०२४)। कथा लेखनमा अभि-जमान स्मति पुरस्कार (२०११) प्रापक सुनार सालबारीका वासिन्दा हुन्।