+
Account

Book Details

अवलोकन - कृति, कृतिकार र प्रवृत्ति | समालोचना

Author : RAJ BAHADUR RAI
In Stock
₹299.00
Average Rating - Be the First to add Review
Buy Now
Add to Cart
Paperback

भारतका तीक्ष्ण समालोचक रामकृष्ण शर्मा एकताका सिङ्गो नेपाली साहित्यका समालोचना-टाकुरा थिए। तर आज भारतीय नेपाली साहित्यमा जति कविता, आख्यानहरू आँउदैछन्, समालोचना उति आएको छैन। अन्य विधाको समानान्तर समालोचना विधाको गतिलाई बल दिने उद्देश्यमा मिरिकका प्रतिष्ठित आख्यानकार राजबहादुर राई दीर्घ साधना गर्दै अघि आएका छन् । विभिन्न समकालीन सर्जकका आख्यान, उपन्यास, कविता, नियात्रालगायत विविध विधाका कृतिहरूसँगै विशेष सर्जकहरू अनि अनुवाद, नियात्रा, चियाबारी साहित्यजस्ता नौला प्रवृत्तिमाथि लेखिएका तीसवटा समालोचनाहरूको 'अवलोकन: कृति, कृतिकार र प्रवृत्ति' पाठकलगायत शोधकर्ता एवं विद्यार्थीहरूलाई समेत उपयोगी ठहर्ने कृति हो। ‘अवलोकन’-का लेखक राजबहादुर राई नेपाली साहित्यमा परिचित हस्ती हुन्। कथा, उपन्यास र समालोचनाका कृतिहरू प्रकाशित गरेका छन्। अवलोकनअघि यिनका चारवटा कृति प्रकाशित छन्। मिरिक, दार्जीलिङको कृष्णनगरमा सृजनकर्म गर्दै रहिआएका छन्।

ISBN: 978-8197403101
Language: NEPALI
Dimension: 21.59 x 13.97 x 2.7 cm
Weight: 65 g
Pages: 244
★ Not yet Rated
+