+
Account

Book Details

MERAI AKASH MERAI DHARTI

Author : PARBATI DEWAN
In Stock
₹249.00
Average Rating - Be the First to add Review
Buy Now
Add to Cart
Paperback

कविता केवल शब्दहरूको समुच्चय होइन। मानव मनको साक्षी भाव पनि हो कविता। जब भोक्तभाव दिक्क मानेर हेरि मात्र रहन खोज्छ केही, तब कलात्मक अभिव्यक्तिका रूपमा केही कलिला कोपिला पलाउँछन्, फुलेर त्यही कविता बन्छ । त्यसैले 'हेर्नु' शब्द अनुभवजन्य हुन्छ। कवयित्रीले जीवनका तीता मीठा अनुभवहरूलाई कविताबाट सुनाउन चाहेकी छिन्। 'जीवनको न त आदि निश्चित छ, न ता अन्त्यको अडकल नै', यद्यपि मानिस सधैं भव र विभव तृष्णाका मोहमा किन बाँधिएका होलान् ? यस्ता गहिरा प्रश्न बोकेर हिँडी रहेको छ कविताहरू । न्युटनका गुरुत्वाकर्षण र प्रेमको आकर्षणलाई एउटै देख्ने कवयित्रीका तेजिला आँखाहरूले मसिना कुराहरूमा निहित गहिरा पाटालाई छोएकी छिन् । बहिर्मुखी भएर मानिस धेरै थोक खोज्छन् तर एकान्तवासले कि ता मुक्ति दिन्छ नभए कविता। पार्वतीले कविता प्राप्त गरेका छिन् ।



डा महेश प्रधान



सहायक प्राध्यापक



नेपाली विभाग



साउथफिल्ड महाविद्यालय, दार्जीलिङः ।

ISBN: 978-81-989412-7-5
Language: Nepali
Dimension: 7Inc x 5Inc x 0.6Inc
Weight: 50 g
Pages: 120
★ Not yet Rated
+