+
Account

Book Details

In Stock
₹400.00
Average Rating - Be the First to add Review
Buy Now
Add to Cart
Paperback

श्याम सिघक सामाजिक यथार्थवादी लेखक हुन् । नेपाली समाजको ग्रामीण जीवन, समाजका विद्रूप पक्षहरू, वर्गसघर्ष अनि आम मानिसका पीडा र आशाहरूलाई यसअघिका "दलिता" र "रेमिट्ल्यान्ड उपन्यासमार्फत् प्रस्तुत गरिसकेका सिघकको तेस्रो आख्यानकृति हो- 'कोइलाखाद" ।



 



एक नेपाली युवा जो, लाहुर जाने सबै प्रक्रियाहरू समाप्त भइसकेपछि कोइलाखाद जान बाध्य हुन्छ, र आर्थिक जीवन समृद्ध बनाउने सपनासहित कोइलाखानी पुगेका अन्य नेपालीहरूसित समाहित हुन्छ। "कोइलाखाद" उही युवाको माध्यमबाट भनिएको कथा हो, र एक ऐतिहासिक कालखण्डमा नेपाली युवाहरूले आर्थिक उपार्जनका लागि गरेको वैदेशिक दुःख, प्रेम र प्राप्तिको अदभूत आख्यान हो।



भारत, मेघालयका खासी जातिको संस्कृति र परम्परासँग नेपाली संस्कृति र परम्पराले गरेको अन्तरघुलनका साथै नेपाली तथा खासी मान्यताहरूका भिन्नता र द्वन्द्वहरूलाई प्रेमकथामार्फत् एकाकार गर्दै तत्कालीन समाजको आर्थिक र सास्कृतिक पक्षलाई पेचिलो गरी लेखिएको यो उपन्यासमा कोइलाखानी सञ्चालन र अन्त्यको इतिहाससमेत झल्किन्छ। जुनसुकै समाज पनि परम्परागत मूल्य र मानिसका अन्तरसघर्षहरूद्वारा संकुचित भइरहेको हुन्छ, र ती संकुचनहरूबाट मुक्ति प्राप्त गर्नका लागि प्रेम नै सबैभन्दा ठूलो शक्ति हो भन्ने चिन्तन प्रस्तुत गर्दै सरल तर बिम्बयुक्त लेखनसहित पात्रहरूलाई जीवन्त बनाइएको कोइलाखाद उपन्यास नेपाली आख्यानका लागि नयाँ सौन्दर्य हो।



-राजन मुकारूड

ISBN: 978-81-985597-3-9
Language: Nepali
Dimension: 5 inch × 7.8 inch × 1.3 inch
Weight: 80
Pages: 354
★ Not yet Rated
+