+
Account

Book Details

In Stock
₹300.00
Average Rating - Be the First to add Review
Buy Now
Add to Cart
Paperback

किशोरावस्थामै लेखन-खड़ाऊ लगाएर लेखनयात्रामा ठमठम हिँडेका भविलाल लामिछाने कविताको तीर्थ मानिएका हरिभक्त कटुवालकै साहित्यिक धरोहरलाई परम्परागत नियमितता दिने अगुवा कवि हुन्। 'अर्धासत्य' को प्रकाशनपछि आख्यानमा पनि प्रगाढ़ दखल रहेको पुष्ट भएको छ। अनुवादमा समेत कलम चलाउँदै आएका छन्। यिनका कवितामा पाइने सामाजिक चिन्तन बौद्धिक जड़ीबूटी हो। मानवीय संवेदनाको गाढ़ा घाउपीड़ा, मूल्यपतनको सड़ान्ध, जातीय ऐक्यबोधको खड़ेरी, प्रेमिल भावनाका सूक्ष्म लहड़ यिनको कविताको मूल सड़कमा हिँड्ने काव्यपथिक हुन्। बुकआण्टबाट प्रकाशित 'कालान्तर' यस्तै इलाकाबाट लेखिएका कवितासहित निगूढ़ दार्शनिकताको पुट रहेका कविताहरूको काव्यिक कालीगढ़ी हो।

ISBN: 978-8197279492
Language: Nepali
Dimension: ? 19.5 x 12.9 x 2 cm
Weight: 50 g
Pages: 148
★ Not yet Rated
+