+
Account

Book Details

Chakravyuhama Gorkha

Author : Bhotoo Singh Chettri
Out of Stock
Extra Off 100.00 ₹ 599.00 ₹699.00 14% off
Average Rating - Be the First to add Review
Paperback

पहाड़की रानी दार्जीलिङमा आत्मनिर्णयको आन्दोलन समाधानको प्रतीक्षामा छ। पहिलो गोर्खाल्याण्ड आन्दोलनमा १२ सयभन्दा बढ़ी शहीद र सयौँ पहाड़वासी बेपत्ता भएर पनि अद्यावधि टुङ्गो नलागेको गोर्खाहरूको राजनैतिक चिह्नारीको आन्दोलनको मुद्दालाई भोटू सिंह छेत्रीको गैर-आख्यान ‘चक्रव्यूहमा गोर्खा’-ले जुक्तिसम्मत ढङ्गमा सम्बोधन गरेको छ। लेखकले ब्रिटिशकालमै हिलमेन्स एसोसिएशनले चालेको चिह्नारीको पाइला प्रान्त परिषद् हुँदै गोरामुमो, गोजमुमोको पहलमा आएर अड़किएको वृत्तान्त दिँदै ‘भारत-नेपाल शान्ति एवं मैत्री सन्धि, १९५०’-को वितर्कित ‘धारा ७’ अन्तर्गत रेसिप्रोकल' मुद्दाको तर्क उठाउँदै भारतीय गणराज्यभित्र गोर्खा परिचयको शङ्खनाद गर्ने सुवास घिसिङको राजनैतिक उत्थान-पतनको विस्तृत लेखाजोखा गरेका छन्। २२ अगस्त १९८८-मा घिसिङले 'ड्रप' गरेको आन्दोलनले विमल गुरूडहरूको नेतृत्वको टेको पाएपछि गुरूङ पनि घिसिङले थापेको दागोपापको 'प्रो-भर्सन' जीटीए थापेर आन्दोलनदेखि विमुख भएको उल्लेख गर्न भ्याएका छन्। चार खण्डमा लेखिएको यस महत् ग्रन्थलाई गोर्खाल्याण्ड आन्दोलनको विश्वस्त राजनैतिक दस्तावेजीकरण मान्न सकिन्छ। 'चक्रव्यूहमा गोर्खा' ब्रिटिशकालदेखि समकालीन विन्दुसम्मको फेहेरिस्त हो। पहाड़को राजनीतिको रानीमासुमै पसेर काम गरेका भोटू सिंह छेत्रीको यस बृहत् ग्रन्थमा लेखकले केन्द्रीय सत्ता र राज्य सत्ताको साझा 'चक्रव्यूह' -मा परिसकेको गोर्खा समुदायको राजनैतिक इतिहासको अथेण्टिक न्यारेटिभलाई पाठकका लागि अघि ल्याएका छन्। दार्जीलिङमा जन्मिएका भोटू दार्जीलिङको राजनैतिक परिवेशमा बौद्धिक रूपले सक्रिय व्यक्तित्व हुन्।

ISBN: 978-8196010591
Language: Nepali
Dimension:
Weight:
Pages: 568
★ Not yet Rated
+